नेपाल र भारतबीच उच्चस्तरीय भ्रमणको ढोका खुल्यो : शिशिर खनाल

नेपाल र भारतबीच उच्चस्तरीय भ्रमणको ढोका खुल्यो : शिशिर खनाल
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच उच्चस्तरीय भ्रमण हुने ढोका खुलेको दाबी गरेका छन्। तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका मन्त्री खनालले आफ्नो भ्रमणपछि दुवै पक्षबाट उच्चस्तरीय भ्रमणको सुरुवात भएको बताए।

'विगत दुई वर्षदेखि नेपाल र भारतबीच उच्चस्तरीय भेटवार्ता भएको थिएन। मेरो भ्रमणबाट त्यसको सुरुवात भएको छ। अब दुवै पक्षबाट उच्चस्तरीय भ्रमणहरू हुनेछन्,' उनले भने।

हालै भारत भ्रमण गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालका भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरेको बताएका थिए। उनले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नबिनलाई पनि नेपाल भ्रमणको निम्तो दिएको बताएका थिए। 

 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.