बयलगाडाले किचेर घाइते बालकको मृत्यु
सर्लाही : सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ । शनिबार बयलगाडाले स्थानीय कृष्ण कुम्हालका ९ वर्षीय छोरा सुभास कुम्हाल घाइते भएका थिए।
घाइते बालकलाई तत्काल उपचारको लागि बरहथवास्थित नगर अस्पताल पुर्याएको थियो । त्यहाँबाट थप उपचारका लागि वीरगञ्ज न्यूरो अस्पताल पुर्याएपनि बालकको आज बिहान मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !