संविधान र संघीयताप्रति भईरहेको आक्रमण सबैले मिलेर निस्तेज पारौं : मुख्यमन्त्री कार्की

संविधान र संघीयताप्रति भईरहेको आक्रमण सबैले मिलेर निस्तेज पारौं : मुख्यमन्त्री कार्की
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान र संघीयताप्रति विभिन्न कोणबाट भईरहेको आक्रमणको प्रयासलाई सबैले मिलेर निस्तेज गर्नुपर्ने बेला आएको बताएका छन् । 

१९ औं गणतन्त्र दिवसको अवसरमा विराटनगरस्थित वीरेन्द्र सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले गणतन्त्रको उपलब्धि जनतासम्म पुर्‍याउन भईरहेको विलम्बका कारण असन्तुष्टि व्यक्त भईरहेकोप्रति सजग हुन आग्रह गरे । उनले लोकप्रियतावादका नाममा भईरहेका क्रियाकलापले संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त गरेका उपलब्धिहरु गुम्ने मात्र नभइ, मुलुकको स्वतन्त्रता, र्सार्वभौमसत्ता र अखण्डता नै संकटमा पर्ने तर्फसचेत हुन आग्रह गरे ।

सो कार्यक्रम अघि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडिबाट निकालिएको झाँकीसहितको  र्‍​​​यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । गणतन्त्र दिवस समारोह समितिले आयोजना गरेको सो कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख, सभामुख, मन्त्रीहरु, उच्च पदस्थ कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.