आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत
काठमाडौं : प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३ लाई स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको उक्त दुई विधेयकमाथि बिचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको हो । त्यसअघि विधेयकमाथिको सामान्य छलफलमा भाग दिदै सांसदहरुले करका दर, लोककल्याणकारी कार्यक्रम लगायतका बिषयमा चासो व्यक्त गरेका थिए ।
आर्थिक विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै अर्थमन्त्री वाग्लेले राज्यका सबै कर एउटै सञ्चित कोषमा जम्मा हुने भएकाले अलग–अलग आयोजना र कार्यक्रमका लागि छुट्टाछुट्टै कोष बनाउन आवश्यक नरहेको बताए । उनले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुने भएकाले अनावश्यक भ्रम नराख्न आग्रह गरे ।
उनले वार्षिक १० लाख आम्दानी भएका व्यक्तिलाई आयकर छुट दिइएको भन्दै दूरगामी अर्थतन्त्र बनाउने उद्देश्यले करका दर निर्धारण गरिएको स्पष्ट पारे। उनले क्षणिक रुपमा अप्रिय ठानिने तर दीर्घकालीन रुपमा मुलुक र जनतालाई लाभ हुने विषय बजेटमा राख्न वर्तमान सरकार हिम्मतका साथ अघि बढेको धारणा राखे । ठूलो जनादेश प्राप्त सरकारले बाहेक अन्य सरकारले ठूलो परिवर्तका लागि जोखिम लिन नसक्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !