प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत

प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत

काठमाडौं : प्रतिनिधिसभाको बैठकले विभिन्न चार अध्यादेशलाई स्वीकृत गरेको छ । शुक्रबार बसेको बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो ।

बैठकमा सांसद खडकबहादुर बुढाले राख्नुभएको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस’ भन्ने प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको छ ।

त्यस्तै सांसद नीता घतानीले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस’ भनी राखेको प्रस्तावलाई बैठकले अस्वीकृत गरेको छ भने सांसद आरेन राईले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ लाई अस्वीकार गरियोस्’ भनी राखेको प्रस्ताव समेत अस्वीकृत भएको छ । 

त्यसै गरी सांसद  कृपाराम रानाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भनी राखेको प्रस्ताव पनि बैठकमा अस्वीकृत भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक असार ११ गते बिहीबार बोलाइएको छ ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.