पार्टीभित्र निराशाको खेती नगर्न प्रचण्डको निर्देशन

पार्टीभित्र निराशाको खेती नगर्न प्रचण्डको निर्देशन
सुन्नुहोस्

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगर्न पार्टीका नेताहरूलाई सुझाव दिएका छन्।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा डिजिटल माध्यमबाट पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ गर्दै संयोजक प्रचण्डले कतिपय मानिसहरू पार्टी, आन्दोलन र नेतृत्वप्रति अनावश्यक कचिङ्गल पैदा गर्ने कोसिसमा रहेको बताए। 

प्रतिक्रियावादीहरूले लोकतन्त्र र गणतन्त्रको निम्ति, संघीयता र समावेशिताको निम्ति लडेका स्थापित पार्टीहरूलाई कमजोर पार्ने षड्यन्त्र अहिले पनि अगाडि बढाइराखेको उनको भनाइ छ। संयोजकप्रचण्डले जानेर वा नजानेर पार्टीभित्रकै केही नेताहरूले निराशा बढ्ने काम गरेको आरोप लगाए। उनले सरकारको नीति तथा कार्यक्रम, बजेट र कार्यशैली सबै गरिब, मजदुर, किसानविरुद्ध रहेको बताए।

सरकारको श्रमिक वर्गविरोधी, गरिब मजदुरकिसान विरोधी र जनताका मौलिक अधिकार, ट्रेड युनियन अधिकारलगायतका अधिकारविरोधी क्रियाकलापका विरुद्ध सबै मोर्चाबाट आवाज उठाउने उनले बताए। 

त्यस्तै नेकपाका सह-संयोजक माधव कुमार नेपालले जनतालाई केन्द्रबिन्दुमा राखेर सामाजिक, आर्थिक रुपान्तरणको एजेण्डासहित पार्टी अघि बढ्ने बताए। पार्टीका नेता तथा कार्यकर्तालाई आवश्यकता अनुसार प्रशिक्षण दिएर पार्टीको नीति स्पष्ट रुपमा जनतामाझ लान सक्ने गरि तयारी गरिने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.