प्रथम चापाकोट क्रिकेट लिगको उपाधि गण्डकी फायरलाई
स्याङ्जा : चापाकोट नगर क्रिकेट संघको आयोजना र चापाकोट नगरपालिकाको संरक्षकत्वमा जारी प्रथम चापाकोट क्रिकेट लिगको उपाधि गण्डकी फायरले जितेको छ । चापाकोट–९ मा स्थित गंगालाल माविको खेल मैदानमा शनिवार साँझ सम्पन्न फाइनल खेलमा गण्डकी फायरले साँखर वरियर्सलाई ५० रनले पराजित गरी उपाधि हात पारेको चापाकोट नगर क्रिकेट संघका अध्यक्ष प्रेम रेग्मीले जानकारी दिए ।
उपाधिसँगै गण्डकीले एक लाख १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता साँखरले ६० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पायो । टस जितेर पहिला ब्याटिङ रोजेकोे गण्डकीले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएका थियो । गण्डकीका लागि उत्कृष्ट ब्याटिङ गरेका विकल क्षेत्रीले ४३ बलमा अविजित ८४ रन बनाए ।
त्यसै स्वन्पिल भट्टराई १८, विशाल कोइराल १५ र मोहित अधिकारीले ८ रन बनाएका थिए । वलिङमा साँखरका सूर्य विकले तीन विकेट, नेल्सन थापाले दुई, महेश गोदार र सुदीप वस्नेतले समान एक–एक विकेट लिएका थिए । १५८ रनको लक्ष्य लिएर जवाफि ब्यटिङमा उत्रिएको साँखर वरियरका महेश गोदार २५, राम बस्ताकोटी १७, मनिराम भट्टराई १२ बनाए । साँखर वरियरका अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । वलिङतर्फ गण्डकी फायरका सुजन बस्याल र स्वन्पिल भट्टराईले समान दुई-दुई विकेट लिए । त्यसैगरी रामचन्द्र ढकाल, सुशिल गौतम, विकल क्षेत्री, प्रदिप घर्ती र विशाल कोइरालाले समान एक एक विकेट लिए ।
गण्डकी लिग चरणका सम्पुर्ण खेलमा बिजेता हुँदै प्रवेश गरेको थियो भने साँखर वरियर्सले कुवाकोट युथ स्टारलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । वैशाख २६ देखि सुरु भएको प्रतियोगितामा ह्वाइट हर्ष, गण्डकी फायर, साँखर वरियर, कुवाकोट युथ स्टार र रोयल आँधीखोला गरी ५ समुह प्रतिस्पर्धामा थिए । उपाधि विजेता, उपविजेता र बिबिध क्षेत्रमा उत्कृष्ठ खेलाडीलाई चापाकोट नगर उपप्रमुख ईशा रानाले पुरस्कृत एवं सम्मान गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस !