सरकारविरुद्ध सुकुम्बासीले गरे काठमाडौंमा थाल ठटाएर प्रदर्शन {तस्बिरहरु}
काठमाडौं : सुकुम्बासीले काठमाडौंको माइतीघरमा थाल ठटाएर सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सरकारले देशभरका सुकुम्बासी बस्तीमा चलाइरहेको डोजर अभियानको विरोध गर्दै सुकुम्बासीले काठमाडौंको माइतीघरमा थाल ठटाउँदै प्रदर्शन गरेका हुन् ।
सुकुम्बासी बस्ती खाली गर्ने सरकारी अभियानको विरोधमा ‘विकासको नाममा विस्थापन बन्द गर’, ‘हुनुपर्छ सबैलाई बराबर’, ‘तीन दिन बिदा, सुकुम्बासी अल बिदा’ लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका छन् । प्रदर्शन संयुक्त सुकुम्बासी मोर्चाले आयोजना गरेको हो । अहिले देशका विभिन्न जिल्लामा सुकुम्बासी बस्ती खाली गर्ने सरकारी निर्णयको विरोधमा प्रदर्शन भइरहेका छन् ।





प्रतिक्रिया दिनुहोस !