बजेट र शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको असन्तुष्टि, ६ बुँदे माग पुरा गर्न सरकारलाई आग्रह

बजेट र शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको असन्तुष्टि, ६ बुँदे माग पुरा गर्न सरकारलाई आग्रह
सुन्नुहोस्

काठमाडौं : बजेट तथा शिक्षा नियमावलीप्रति असन्तुष्टि जनाउँदै निजी शैक्षिक संस्थाहरूले सरकारलाई आफ्ना ६ बुँदे माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी निजी शैक्षिक संस्थाका छाता संगठनहरू प्याव्सन, ऐन प्यब्सन, हिसान र अपेनले बजेट तथा शिक्षा नियमावलीका केही प्रावधानप्रति आपत्ति जनाएका छन् ।

उनीहरुले ती व्यवस्था निजी शिक्षा क्षेत्रको सञ्चालनमा प्रतिकूल प्रभाव पार्ने दाबी गरेका छन् । उनीहरुले संस्थाहरूले कर तथा शुल्कसम्बन्धी व्यवस्था पुनरावलोकन, शिक्षा नियमावलीका विवादित प्रावधान संशोधन, निजी शैक्षिक संस्थाको स्वायत्तताको संरक्षण, लगानीमैत्री वातावरणको सुनिश्चितता, नीतिगत स्पष्टता तथा सरोकारवालासँग पर्याप्त परामर्शपछि मात्रै नयाँ व्यवस्था लागू गर्नुपर्ने माग गरेका छन् । 

उनीहरुले उच्च शिक्षामा सबै वर्गका विद्यार्थीको पहुँच सुनिश्चित गर्न विना धितो सहुलियतपूर्ण ब्याजदरमा कम्तीमा १० लाख रुपैयाँसम्मको शैक्षिक ऋण उपलब्ध गराइनु पर्ने र ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई निजी क्षेत्रसँगको साझेदारीमा प्रभावकारी रूपमा विस्तार गरिनुपर्ने माग गरेका छन् । प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी शैक्षिक संस्थाहरुले सार्वजनिक बिदा र शैक्षिक क्यालेन्डर निर्धारण गर्दा सरोकारवालाहरूसँग पर्याप्त परामर्श गरिनुपर्ने बताउँदै नीतिगत स्थायित्वका लागि शैक्षिक सत्र सुरु हुनुभन्दा कम्तीमा ६ महिना अगावै निर्णय गरिनु पर्ने विषयमा जोड दिए ।

शिक्षा नियमावलीको दशौँ संशोधनमा समेटिएका कतिपय बुँदाहरूले विद्यालय व्यवस्थापन, अनुशासन र उत्तरदायित्वमा जटिलता सिर्जना गर्ने देखिएकाले विद्यार्थीको अधिकार र विद्यालयको संस्थागत उत्तरदायित्वबिच सन्तुलन कायम हुने गरी ती व्यवस्थाहरूको पुनरावलोकन गर्न आग्रह गरेका छन् ।्
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.