बाढीको जोखिम बढेपछि रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन बन्द
काठमाडौं : बाढीको जोखिम बढेपछि १११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन बन्द गरिएको छ।
रसुवागढी नाकास्थित ल्हेन्दे नदीमा बाढी आएपछि उत्पादन बन्द गरिएको आयोजनाले जनाएको छ। आज साँझ बाढी आएकाले आयोजनालाई क्षति हुन नदिनका लागि उत्पादन बन्द गरिएको आयोजना प्रमुख तथा निमित्त प्रमुख कार्यकारी अधिकृत सत्य राम ज्याख्वले जानकारी दिए।
यसैगरी बाढी आउपछि टिमुरेस्थित भोटेकोशी नदी नजिकै रहेको भन्सार यार्डमा पार्किङ गरिएका सवारी साधनहरू सुरक्षित स्थानतर्फ सारिएको छ।
प्रतिक्रिया दिनुहोस !