माइतीघरमा संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको प्रदर्शन
काठमाडौं : संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । सुकुम्वासीको स्थायी व्यवस्थापनको माग उठाउँदै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाको नेतृत्वमा आइतबार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरिएको हो ।
सहभागीहरूले सरकारले भूमिहीन तथा सुकुमवासीको समस्या समाधानका लागि प्रभावकारी पहल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले जोखिमयुक्त ठाउँबाट लिएर आएको सरकारले झन महाजोखिमयुक्त ठाउँमा ज्यानै जाने अवस्था सिर्जना गरी राखिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका अध्यक्ष, नारायण परिश्रमीले सरकारले छलकपट गरेको र सुकुम्बासीहरुलाइ व्यबस्थापन गर्न नसकेको भन्दै सरकार विरुद्ध सातै प्रदेशबाट आन्दोलन सुरु गर्ने चेतावनी दिए ।
प्रदर्शनका क्रममा उनीहरूले सुकुमवासी व्यवस्थापनको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन् । साथै, हालै पक्राउ परेका व्यक्तिहरूलाई बिना कुनै शर्त तत्काल रिहा गर्नुपर्ने माग समेत राखिएको छ । शनिवार बिहान कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेर उठीबास लगाएपछि र साँझ जेन्जी अभियन्तालाई गिरफ्तार गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस !