अमेरिकी हमलापछि इरानको चेतावनी: सिंहको दाँत देखेर उ मुस्कुराएको नठान्नु

अमेरिकी हमलापछि इरानको चेतावनी: सिंहको दाँत देखेर उ मुस्कुराएको नठान्नु
सुन्नुहोस्

तेहरान : अमेरिकाले इरानका सैन्य ठेगानाहरूमा बमबारी गरेको दाबी गरेपछि दुई देशबीचको तनाव फेरि एकपटक चरम बिन्दुमा पुगेको छ। अमेरिकी हमलाको कडा प्रतिवाद गर्दै इरानी नेताहरूले यसलाई गम्भीर गल्तीको संज्ञा दिएका छन्।

इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सामाजिक सञ्जाल एक्समा एक अरबी उखान उद्धृत गर्दै अमेरिकालाई सांकेतिक तर कडा चेतावनी दिएका छन्। उनले लेखेका छन्, 'यदि तिमीले सिंहको बाहिर निस्किएका दाँत देख्छौ भने, यो नठान्नु कि सिंह मुस्कुराइरहेको छ।'  उनको यो भनाइले इरान चुप लागेर बसेको नभई प्रत्याक्रमणको तयारीमा रहेको संकेत गरेका छन् । 

यस्तै इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजीजीले पनि अमेरिकालाई सचेत गराएका छन्। उनले भनेका छन्, 'बारम्बार एउटै गल्ती दोहोर्‍याउँदा परिणाम फरक हुँदैन, बरु झन् कडा जवाफ आउनेछ। अमेरिकाले इरानको नयाँ समुद्री नियमको सम्मान गर्नुपर्छ।'

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी हमलालाई विफल तुल्याएको दाबी गरेका छन्। ट्रम्पका अनुसार इरानले होर्मुज जलडमरूमध्यमा अमेरिकी जहाजहरूलाई निशाना बनाउन खोजेको थियो।

तर तीनवटा अमेरिकी 'डेस्ट्रोयर' जहाजहरू सुरक्षित रूपमा उक्त क्षेत्रबाट बाहिर निस्किएका छन्। जवाफी कारबाहीमा अमेरिकाले इरानका थुप्रै साना युद्ध-डुङ्गाहरू ध्वस्त पारेको छ र इरानी मिसाइलहरूलाई आकाशमै खसालिदिएको छ।

यसैबीच, इरानी सेनाले अमेरिकामाथि गम्भीर आरोप लगाएको छ। यो हमला गरेर अमेरिकाले युद्धविरामको पालना नगरेको र अन्तर्राष्ट्रिय सम्झौता तोडेको इरानको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.