इरानको चेतावनी : अमेरिकाले फेरि आक्रमण गरे लामो पीडादायी प्रतिक्रिया भोग्छ

इरानको चेतावनी : अमेरिकाले फेरि आक्रमण गरे लामो पीडादायी प्रतिक्रिया भोग्छ
सुन्नुहोस्

इरान : अमेरिकाले फेरि आक्रमण गरे अमेरिकाले लामो पीडादायी प्रतिक्रिया भोग्नु पर्ने इरानले चेतावनी दिएको छ । इरानले आफूहरुमाथि फेरि आक्रमण भए पीडादायी हमला गर्ने चेतावनी दिएको हो । अमेरिकाले होर्मुज जलमार्ग खोलाउन गठबन्धन योजना बनाइरहे बनाएर दवाव बढाइरहेका बेला इरानले होर्मुजमा आफ्नो दावी फेरि दोहोर्‍याएको छ । 

अमेरिका–इजरायल र इरानबीचको युद्ध सुरु भएको दुई महिना भइसकेको छ । होर्मुज जलडमरूमध्य अझै बन्द नै छ । यसले विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति अवरुद्ध गरेको छ । परिणामस्वरूप विश्वव्यापी ऊर्जा मूल्य बढेको छ र आर्थिक मन्दीको जोखिम बढेको छ । पाकिस्तानको नेतृत्वमा भइरहेको शान्ति प्रयासहरू ठप्प भएका छन् ।  

अप्रिल ८ देखि युद्धविराम लागू भए पनि, इरानले आफ्नो बन्दरगाहमाथि अमेरिकी नाकाबन्दीको प्रतिक्रिया स्वरूप जलडमरूमध्य बन्द गरिरहेको छ, जसले तेल निर्यात (इरानको मुख्य आय स्रोत) रोकिएको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकाले उक्त जलमार्ग ‘दुरुपयोग’ गरेको आरोप लगाए । बघाईले खाडी क्षेत्रमा रहेका अमेरिकी लक्ष्यहरूमाथि गरिएको आक्रमणलाई पनि जायज ठहर गरे । उनले क्षेत्रीय देशहरूले अमेरिकासँग मिलेर इरानमाथि आक्रमण गरेको भन्दै आलोचना गरे ।

यसबीच, संयुक्त अरब इमिरेट्सले आफ्ना नागरिकहरूलाई इरान, लेबनान र इराक भ्रमण नगर्न प्रतिबन्ध लगाएको छ र त्यहाँ भएका नागरिकलाई तुरुन्त फर्कन आग्रह गरेको छ । इरानको धम्कीपछि युएइका राष्ट्रपति सल्लाहकार अनवर गर्गाशले इरानमाथि विश्वास गर्न नसकिने बताएका छन् ।

त्यस्तै, बहराइनका राजा हमद बिन इसा अल खलिफाले पनि इरानको आलोचना गर्दै यसलाई क्षेत्रीय सुरक्षामाथि खतरा बताएका छन् । राजाले देशभित्रका ‘सहयोगी’ हरूमाथि कडा कारबाही हुने चेतावनी दिएका छन्, जसमा जेल, नागरिकता खोसिने वा देशनिकाला समेत हुन सक्छ । उनले राष्ट्रिय एकता र निष्ठालाई सबैभन्दा महत्वपूर्ण भनेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.