इरानले ‘होर्मुज’ खोल्ने प्रस्ताव गरे पनि तेलको मूल्य लाग्दै उकालो, आपूर्ति अनिश्चित
इरान : इरानले होर्मुज जलमार्ग खोल्ने प्रस्ताव अघि सारे पनि विश्व बजारमा तेलको मूल्य भने उकालो लागिरहेको छ । इरानले स्ट्रिट अफ होर्मुजमा लगाएको नाकाबन्दी हटाउने प्रभावकारी रुपमा हटाउनेबारे प्रस्ताव गरेको छ । यसको सट्टामा उसले संयुक्त राज्य अमेरिकासँगको आणविक वार्तालाई पछि सार्न चाहेको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रुड मंगलबार १ प्रतिशतभन्दा बढीले बढेको छ । तेहरानको प्रस्तावले पनि व्यापारीहरूको चिन्ता कम गर्न सकेन, किनकी यो जलमार्ग विश्वको इन्धन आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण छ । इरानको समय अनुसार ०३ः३० बजे ब्रेन्ट तेलको मूल्य प्रतिब्यारेल ४१०९.४२ पुगेको थियो, जुन गत मंगलबारको तुलनामा ११ प्रतिशतले बढी हो । यसअघि यो ४१०० भन्दा तल बन्द भएको थियो ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानमार्फत होर्मुज नाका खोल्ने प्रस्ताव गरेपछि तेलको मूल्यमा यस्तो वृद्धि भएको हो । यो प्रस्ताव अमेरिका र इरानबीचको शान्ति वार्ता रोकिएको अवस्थामा आएको हो । अमेरिकाले यस प्रस्तावबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन । प्रस्ताव अनुसार इरानको आणविक कार्यक्रमसम्बन्धी विवादास्पद मुद्दालाई पछि सारिनेछ ।
इरानले व्यापारिक जहाजहरूमाथि धम्की दिएपछि विगत दुई महिनामा उक्त जलमार्गबाट हुने आवतजावत अत्यन्त कम भएको छ, जसले विश्वको तेल र प्राकृतिक ग्यास आपूर्तिमा ठूलो असर पारेको छ । आइतबार मात्र ८ वटा जहाज उक्त जलमार्ग पार गरेका थिए, जुन अघिल्लो दिनको १९ जहाजको तुलनामा निकै कम हो ।
संयुक्त राष्ट्र व्यापार तथा विकास सम्मेलनका अनुसार, संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गर्नुअघि दैनिक औसत १२९ जहाजहरू यस मार्गबाट गुड्थे । नाकाबन्दी र ऊर्जा पूर्वाधारमा भएका आक्रमणका कारण विश्वव्यापी तेल उत्पादन प्रतिदिन १४.५ मिलियन ब्यारेलले घटेको छ । युद्ध अन्त्य भए पनि ऊर्जा आपूर्ति सामान्य अवस्थामा फर्कन महिनौँ लाग्न सक्ने ढुवानी विज्ञहरू बताउँछन् । यसको कारणमा जम्मा भएको तेल र ग्यास, पूर्वाधारमा भएको क्षति, र समुद्री मार्गबाट इरानी बारुद (माइन) हटाउनु पर्ने आवश्यकता समावेश छन् ।
प्रतिक्रिया दिनुहोस !