सर्वाधिक पुरस्कार राशिको रारा गोल्डकप वैशाख १८ देखि

सर्वाधिक पुरस्कार राशिको रारा गोल्डकप वैशाख १८ देखि
सुन्नुहोस्

धनकुटा : १३ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी वैशाख १८ गतेदेखि सञ्चालन हुने भएको छ । रारा फुटबल क्लबको आयोजनामा चौबिसे गाउँपालिका–राजारानीस्थित पुण्य माविको खेलमैदानमा वैशाख १८ देखि २२ गतेसम्म प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

चण्डीपूर्णिमा तथा बुद्धजयन्तीको अवसर पारेर हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ र ट्रफी पाउनेछ । प्रतियोगिता सञ्चालनका लागि चौबिसे गाउँपालिकाले १४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको सचिव जीवन कटुवालले जानकारी दिए ।

विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदयीमान खेलाडीले जनही १०र१० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’लाई नगद ७ हजार रुपैयाँ प्रदान गरिनेछ ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगितामा आयोजकसहित ८ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष मणी चेम्जोङले जानकारी दिए । सहभागी टोलीमा रारा फुटबल क्लब, सलेह फुटबल क्लब ९सर्लाही०, विर्तामोड युनाइटेड ९झापा०, आरआइएफसी ९काठमाडौं०, केराबारी फुटबल क्लब ९सुनसरी०, धरान फुटबल क्लब ९सुनसरी०, गाईघाट फुटबल क्लब ९उदयपुर० र डाँडाबजार फुटबल क्लब ९धनकुटा० रहेका छन् ।

गत वर्षको उपाधि झापाको विर्तामोड युनाइटेड क्लबले जितेको थियो । यस वर्ष आयोजक टिमको कप्तानी नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् । उनको जन्मथलो राजारानी भएकाले घरेलु टिमको कप्तानी सम्हाल्दै उपाधि घरमै राख्ने लक्ष्य लिएको सचिव कटुवालले बताए ।

प्रतियोगिताको संरक्षक चौबिसे गाउँपालिका रहेको छ भने अग्नी बसुन्धरा स्मृति प्रतिष्ठान र राजारानी खानेपानी तथा बजार व्यवस्थापन समिति मुख्य सहयोगीका रूपमा रहेका छन् । गोर्खा ब्रुअरी मुख्य प्रायोजक रहेको प्रतियोगिता सम्पन्न गर्न करिब ३६ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.