इरानको युरेनियम अमेरिका लैजाने ट्रम्पको दावीमा इरानले फर्कायो यस्तो जवाफ
इरान : अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले इरानको युरेनियम अमेरिका लैजानेबारे गरेको दावीमा इरानले मुख खोलेको छ । अमेरिकी राष्ट्रपति टम्पले इरानको युरेनियम अमेरिका लैजाने दावी गरिरहेका बेला इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले भने इरानको सम्वर्धित युरेनियम कतै नपठाइने बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको सम्वर्धित युरेनियम अमेरिका लगिने अभिव्यक्ति दिएपछि इरानको यस्तो प्रतिक्रिया आएको हो । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले इरानी टिभीलाई दिएको अन्तर्वार्तामा भने कि इरानको सम्वर्धित युरेनियम कुनै पनि ठाउँमा पठाइने छैन । बीबीसी फारसीका अनुसार बकाईले जोड दिँदै भनेका छन्, ‘इरानको सम्वर्धित पदार्थ अमेरिकामा पठाउने कुरा भएको छैन ।’
इस्माइल बकाईले भने, ‘अमेरिकाले बरु यो भनोस् सम्झौता नभएसम्म इरानमाथि नौसैनिक नाकाबन्दी जारी रहनेछ । यदि यो नाकाबन्दी जारी रह्यो भने यसलाई युद्धविरामको उल्लंघन मान्न सकिन्छ । इरानले निश्चित रूपमा होर्मुज स्ट्रेटलाई लिएर आवश्यक कदम चाल्नेछ ।’ ट्रम्पले होर्मुज स्ट्रेटमा ‘अमेरिकी नाकाबन्दी’ जारी रहने बताएका थिए । ट्रम्पले नाकाबन्दी केवल इरानमाथि लागू हुने बताएका थिए । उनले भनेका थिए, ‘यो केवल इरानमाथि लागू हुनेछ, जबसम्म इरानसँग हाम्रो सम्झौता १०० प्रतिशत पूरा हुँदैन ।’
प्रतिक्रिया दिनुहोस !