इरानले भन्यो–टम्पका सात दावी सबै झुटा, झुटको वार्ता सफल पनि हुने छैन

इरानले भन्यो–टम्पका सात दावी सबै झुटा, झुटको वार्ता सफल पनि हुने छैन
सुन्नुहोस्

इरान : इरानका संसद सभामुख मोहमद बाघेर गालिबाफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सबै दाबीहरूलाई ‘झुटा’ भएको टिप्पणी गरेका छन् ।
हालै पाकिस्तानको इस्लामावादमा अमेरिकासँग भएको वार्तामा इरानी प्रतिनिधि मण्डलको नेतृत्व गरेका गालिबाफले एक्स (ट्वीटर) मा लेख्दै ट्रम्पले ‘एक घण्टामा सात दाबी गरेको र ती सातै वटा दावी झुटा भएको टिप्पणी गरेका हुन् । 

‘उनीहरूले युद्ध जितेका छैनन् र यस्ता झुटका साथ हुने वार्तामा कहिल्यै सफल हुने छैनन्’, उनले भनेका छन् । होर्मुज स्ट्रेटबारे बोल्दै उनले भने, ‘अमेरिकीे नाकाबन्दी जारी रहेमा यो जलडमरू मध्य खुला रहने छैन ।’

उनले यसअघि इरानी विदेश मन्त्रालयका प्रवक्ता एस्माइल बघाइले दिएका भनाइ दोहोर्‍याए । बघाइले भनेका थिए, ‘जलडमरू मध्य खुला रहने वा बन्द हुने र त्यसका नियमहरू के हुने भन्ने कुरा सामाजिक सञ्जालमा होइन, स्थलमै निर्धारण हुनेछ ।’ यी दुवै प्रतिक्रिया इरानी विदेशमन्त्री अब्बास अराघचीले एक्समा गरेको पोस्टपछि आएका हुन् ।

उनले अंग्रेजीमा लेख्दै ‘युद्धविरामको बाँकी अवधिमा सबै व्यापारिक जहाजहरूका लागि स्ट्रेट अफ हर्मुज पूर्णरूपमा खुला छ’ भनेका थिए । अराघचीको उक्त भनाइप्रति केही इरानी सञ्चारमाध्यम र कट्टरपन्थी समूहहरूले आलोचना गर्दै उनलाई आफ्नो भनाइ ‘स्पष्ट पार्न’ आग्रह गरेका छन् । ‘मिडिया युद्ध र जनमत निर्माण युद्धकै महत्वपूर्ण हिस्सा हो र इरानी जनता यस्ता रणनीतिबाट प्रभावित हुँदैन’” गालिबाफले भनेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.