अमेरिका र इजरायलका आक्रमणबाट इरानमा कति डलरको भयो क्षति ?

अमेरिका र इजरायलका आक्रमणबाट इरानमा कति डलरको भयो क्षति ?
सुन्नुहोस्

इरान : अमेरिका र इजरायलले गरेको आक्रमणबाट इरानमा ठूलो जनधजको क्षति भएको छ । अमेरिका र इजरायलका आक्रमणबाट करिब २७० अर्ब अमेरिकी डलर बराबरको क्षति भएको इरानले जनाएको छ ।

यो तथ्यांक इरानी सरकारकी प्रवक्ता फातिमा मोहजेरानीले दिएकी हुन्। उनका अनुसार यो हिसाब प्रत्यक्ष र अप्रत्यक्ष दुवै प्रकारका क्षतिलाई जोडेर तयार गरिएको हो । बीबीसी फारसीका अनुसार रूसको समाचार संस्था आरआईए नोवोस्तीलाई दिएको अन्तर्वार्तामा मोहजेरानीले भनिन्, ‘हाम्रो वार्ता टोलीले काम गरिरहेका विषयमध्ये एक युद्धबाट भएको क्षतिपूर्तिको माग पनि हो ।’

इस्लामाबादमा भएको अमेरिका–इरान वार्तामा इरानका दस शर्तमध्ये एक युद्ध क्षतिपूर्तिको माग पनि समावेश थियो । त्यसैगरी, इरानले आफ्नो छिमेकी देशहरू साउदी अरब, युएई, कतार, बहराइन र कुवेतसँग पनि युद्धमा भएको क्षतिको भरपाइको माग गरेको छ । इरानका संयुक्त राष्ट्रसंघका लागि राजदूत अमीर सईद इरवानीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई पठाएको पत्रमा पनि यो माग उल्लेख गरिएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.