जाजरकोटमा आर्थिक गणना कार्यालय स्थापना

जाजरकोटमा आर्थिक गणना कार्यालय स्थापना

जाजरकोट : दोस्रो आर्थिक गणनाका लागि जाजरकोट जिल्ला सदरमुकाम खलंगामा जिल्ला आर्थिक गणना कार्यालयको स्थापना गरिएको छ ।  ‘अर्थतन्त्र मापनको लागि आर्थिक गणना’ भन्ने नारासहित राष्ट्रिय तथ्यांक कार्यालयले देशैभर २०८२ चैत १ देखि २०८३ असार मसान्तसम्म रहने गरी देशभर ८४ वटा जिल्ला आर्थिक गणना कार्यालयको स्थापना गरिएको हो ।

गणनाको कार्यको लागि २०८३ वैसाख २ गतेदेखि असार ७ गतेसम्म स्लगत तथ्याङ्क संकलन गर्ने कार्यतालिका रहेको कार्यालयले जानकारी दिएको छ । पहिलो आर्थिक गणना यस अघि २०७५ सालको वैशाखमा भएको थियो । दोस्रो आर्थिक गणनाका लागि देशभर ५ हजार गणकहरु नियुक्त गरिँदैछ ।

गणनामा आर्थिक विवरणदेखि उद्योगहरुबाट भएको उत्पादनसम्मको विवरण, नेपालमा उद्योगको अवस्था, रोजगारी सिर्जनाको अवस्था संकलन गरिने कार्यालयले जनाएको छ । राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी सार्वजनिक संस्थाहरूको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण संकलन गर्ने योजना रहेको जिल्ला आर्थिक गणना अधिकारी शैलेन्द्र पुनले जानकारी दिए ।  

मूल्यवृद्धि रोजगारीको स्थिति, अवसरदेखि जनशक्तिको आवश्यकता र भविष्यमा गर्ने तमाम कामका लागि आर्थिक गणनाले सूचना दिनेछ। यसको विश्लेषणबाट राज्यले आगामी दिनमा लिने नीतिहरु निर्माण गर्नका लागि सहज हुनेछ ।

कृषि तथा वन, खानी तथा उत्खनन, उत्पादन, निर्माण, थोक तथा खुद्रा व्यापर लगायतका  विभिन्न १८ वटा क्षेत्रको आधारभुत विवरण संकलन गरिनेछ । कार्यालयकाअनुसार गणनाका लागि चैत मसान्त सम्म पूर्व तयारीका सम्पूर्ण काम सम्पन्न हुनेछन् । तथ्यांक संकलनका लागि वैशाख २ गतेदेखि असार ७ गतेसम्म तालिमप्राप्त गणक तथा सुपरीवेक्षक स्थलगत रूपमा खटिने छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.