पर्साको जगरनाथपुरबाट दुई सय १३ केजी गाँजा बरामद, ट्याक्टर चालक फरार

पर्साको जगरनाथपुरबाट दुई सय १३ केजी गाँजा बरामद, ट्याक्टर चालक फरार
तस्बिर : अन्नपूर्ण

वीरगन्ज : पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ बाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।  सोमबार राति इलाका प्रहरी कार्यालय पेटुर्वा सुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको ननेतृत्वमा खटिएको प्रहरी टोलीले २ सय १३ केजी गाँजासहित मे १ त ५७१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार,पटेर्वा सुगौली–१ सोनवर्षाबाट गाँजा लोड गरेर जाँदै गरेको उक्त ट्याक्टरलाई प्रहरीले सोनवर्षाबाटै पछ्याउँदै गएकोमा जगरनाथपुर गाँउपालिका–४ मा पुग्दा तस्करहरू गाँजा सहितको ट्याक्टर छाडेर फरार भएको प्रहरी निरीक्षक अधिकारीले बताए । 

प्रहरीका अनुसार पटेर्वा सुगौली गाउँपालिकाको सोनवर्षाबाट गाँजा लोड गरी भारततर्फ लैजाँदै गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक अधिकारीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । 

ट्याक्टर धनी र गाँजा तस्करहरू सोनवर्षा गाउँका रहेको प्रहरीले बताए पनि उनीहरूको पहिचान भने खेलाएको छैन । बरामद गाँजासहितको टेयाक्टर इलाका प्रहरी कार्यालयमा राखिएको भन्दै प्रहरी निरीक्षक अधिकारीले फरार रहेका ट्याक्टरका चालक,धनी र तस्करहरूको खोजी भइरहेको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.