दार्चुलामा बेलुकी ७ बजेदेखि मतगणना सुरु हुने

दार्चुलामा बेलुकी ७ बजेदेखि मतगणना सुरु हुने

दार्चुला : दार्चुलामा सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकले जिल्लामा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना आज बेलुकी ७ बजेदेखि सुरु गर्ने निर्णय गरेको छ ।मुख्य निर्वाचन अधिकृत भुवन गिरिका अनुसार सर्वदलीय बैठकपछि मतगणनाको सम्पूर्ण तयारी पूरा गरिएको छ । 

राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार तथा सरोकारवालाको उपस्थितिमा भएको बैठकले मतगणना प्रक्रिया व्यवस्थित रूपमा अघि बढाउने सहमति गरेको हो ।

हिजो सम्पन्न भएको मतदानमा दार्चुला जिल्लामा ५३।७६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर ४९ हजार ९६८ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

सर्वदलीय बैठकले प्रारम्भिक चरणमा जिल्लाका विभिन्न स्थानीय तहबाट प्राप्त मतपेटिकाको मतगणना सुरु गर्ने निर्णय गरेको छ । जसअनुसार सुरुमा व्यास, दुहुँ, शैल्यशिखर, महाकाली, लेकम, नौगाड, मार्मा, अपिहिमाल र मालिकार्जुन गाउँपालिकाको मतगणना गरिने मुख्य निर्वाचन अधिकृत गिरिले जानकारी दिए ।

मतगणनालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक सुरक्षासहितको व्यवस्था मिलाइएको छ । मतगणना स्थलमा सुरक्षाकर्मी, कर्मचारी तथा दलका प्रतिनिधिको उपस्थितिमा मतगणना गरिने बताइएको छ ।

जिल्लामा मतपेटिका संकलनको काम पनि सम्पन्न भइसकेको छ । सबै स्थानीय तहबाट मतपेटिका सुरक्षित रूपमा सदरमुकाम ल्याएर मतगणनास्थलमा राखिएको  प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । मतगणना सुरु भएसँगै आज रातिदेखि नै प्रारम्भिक नतिजा आउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.