मोरङबाट २ सय ७५ केजी गाँजा बरामद, १ जना पक्राउ

मोरङबाट २ सय ७५ केजी गाँजा बरामद, १ जना पक्राउ
सुन्नुहोस्

मोरङ : शनिबार बिहान मोरङको जहदाबाट भारत लैजाने तयारीमा राखिएको ठूलो परिमाणको गाँजा बरामद भएको छ । सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले शनिबार बिहान ६ बजेतिर २ सय ७५ किलोभन्दा बढी गाँजा बरामद गरेको हो।  साथै गाँजा भण्डारण गरेर राख्ने १ जना पक्राउ परेका छन् ।

मोरङ प्रहरीका सुचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले खाल्डो बनाउँदै माथिबाट परालले छोपेर राखेको अवस्थामा २ सय ७५ किलो ८ सय ग्राम गाँजा बरामद गरिएको बताए । उनका अनुसार जहदा गाउँपालिका–१ का अन्दाजी २८ वर्षीय चन्दनकुमार साहले गाँजा लुकाएर राखेको गोप्य सुचनाका आधारमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली खटिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको डीएसपी तिलकबहादुर खड्का र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको इन्स्पेक्टर कविन राई नेतृत्वको संयुक्त टोलीले बिहान ६ बजेतिर खानतलासी गरेको थियो । त्यस क्रममा साहको घरबाट पश्चिमतर्फ रहेको जमिनमा खाल्डो बनाई माथिबाट परालको कुनिउँले छोपेर कालो रंगको प्लाष्टिकमा लुकाइछिपाइ राखिएको अवस्थामा ९ पोका गाँजा फेला परेको हो। उक्त गाँजा जोख्दा २ सय ७५ किलो ८ सय ग्राम भएको इन्स्पेक्टर कविन राईले जानकारी दिए ।

उनका अनुसार गाँजा बरामद गरेर साहलाई पनि पक्राउ गरिएको छ । प्रारम्भिक अनुसन्धानबाट गाँजा भण्डारण गर्ने कार्यमा संलग्न देखिएका साहलाई आफ्नै घरको कोठामा लुकिछिपी बसिरहेको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । पक्राउ परेका साह र बरामद गरिएको गाँजालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

साहविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । उक्त गाँजा कहाँबाट ल्याइएको र कता लैजान खोजिएको हो तथा यसको धन्दामा को को संलग्न छन् भन्ने पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको छ । गाँजा बरामद भएको स्थान नेपाल–भारत सीमानजिकै पर्छ ।

सुरक्षाकर्मीलाई छलेर गाँजा भारत कटाउनका लागि सीमा क्षेत्रनजिकै भण्डारण गरेर राखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.