स्टार्टअप उद्यम कर्जामा साढे २५ गुणा बढी प्रस्ताव

स्टार्टअप उद्यम कर्जामा साढे २५ गुणा बढी प्रस्ताव

काठमाडौं : बिनाधितो ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराएको सहुलीयतपूर्ण ‘स्टार्टअप उद्यम कर्जा’मा माग लक्ष्यभन्दा साढे २५ गुणा आवेदन परेको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कात्तिक १९ गतेदेखि मंसिर ९ गतेसम्मका लागि स्टार्टअप उद्यम कर्जाको परियोजना प्रस्ताव पेस गर्नेसम्बन्धी २१ दिने सूचना सार्वजनिक गरेको थियो। यसअनुसार उक्त अवधिसम्ममा मागेकोभन्दा अत्याधिक युवा उद्यमीको ओइरो लाग्दा कुल १० हजार २ सय ४४ जनाले स्टार्टअप उद्यमको व्यवसायीक प्रस्ताव पेस गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले जानकारी दिए।

यसअनुरूप मंसिर ९ गतेसम्ममा स्टार्टअप उद्यम कर्जाका लागि अनलाइन माध्यमबाट फारम भर्ने आवेदकहरूको संख्या ८ हजार २ सय ३ र प्रतिष्ठानमै भौतिक रूपमा उपस्थित भई फारम भर्ने आवेदकहरूको संख्या २ हजार ४१ रहेको छ। आवेदन गरेकामध्ये २ हजार ७ सय ५१ जनाको फारम भने अपुरो भरेकाले अझै गन्ति नभएको प्रतिष्ठानले जनाएको छ। फारम नभरीसकेका तर अनलाइनमा खाता लगइन गरेर हेर्नेको संख्या १६ हजार ७ सय ८१ थिए। यति धेरै आकर्षण हुँदाहुँदै पनि यसपटकको कर्जा वितरणको लक्ष्य भने ४ सय जना मात्र राखिएको छ। यो लक्ष्य निर्धारण सरकारले निर्णय गरेर घटाएको र प्रतिष्ठानले कार्यान्वयन मात्र गरिरहेको हो।

यसैक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ता ४ सय संख्यामा यो कर्जा दिने लक्ष्य राखे पनि यस पटक ७३ करोड रुपैयाँ बराबरको स्टार्टअप उद्यम कर्जा दिने योजना रहेको बताउँछन्। ‘यसकारण कर्जा ४ सय जनाको लक्ष्य भए तापनि यो संख्या अन्तिममा बढी नै हुन सक्छ। किनभने सबैले २० लाख रुपैयाँ नमाग्न सक्छन्, कसैलाई ५ लाख, कसैलाई ७ लाख, वा कसैलाई १२ लाख रुपैयाँ आवश्यक पर्न सक्ने भएकाले माग गरिएको रकमका आधारमा लाभार्थीको संख्या बढ्न सक्नेछ,’ उनले अन्नपूर्णसँग भने।

अझ यो वर्षको आवेदन संख्या र लक्षित संख्याको अनुपात गत वर्षको भन्दा अलिकति बढी रहेको उनको भनाइ छ। गत वर्ष ५ हजार २ सय जति आवेदन पर्दा ६ सय २५ जनालाई रकम दिइएको थियो। कार्यकारी निर्देशक गुप्ता भन्छन्, ‘अहिले माग अत्यधिक भए पनि माग गर्दैमा सबैलाई रकम सिफारिस गरिँदैन। यसको सिफारिस गर्ने काम मूल्यांकन समितिको हो, जसले सबै मापदण्ड हेरेर तोकिएको रकमले धान्ने गरी कसले पाउने/नपाउने कुरा हेरेर निर्णय गर्छ।’

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधनसहित) बमोजिम स्टार्टअप उद्यमको दफा ४ अनुसार योग्यता पूरा गरेका अनुसूची–१ बमोजिमको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीको आवेदन प्रतिष्ठानले प्राप्त गरेको हो। सरकारले विशेष गरेर नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै उपलब्ध गराएको सहुलियतपूर्ण ‘स्टार्टअप उद्यम कर्जा’ मा पछिल्लो प्रवृत्ति हेर्दा युवाको आकर्षण अत्याधिक बढ्दो देखिन्छ।

नयाँ सोच तथा उत्कृष्ट व्यावसायिक योजना भएका र स्वदेशमै केहि गर्ने सोच भएका तर पुँजीको अभावमा सफल नभएकालाई बिनाधितो ३ प्रतिशतको सहुलियत ब्याजदरमा कर्जा पाउनु वित्तीय पहुँचको राम्रो अवसर हो। हाल यस्तो कर्जा बिनाधितो प्रतिव्यक्ति ५ लाखदेखि २० लाख रुपैयाँसम्म उपलब्ध गरिने भएको छ। यस्तो कर्जा पाँच वर्षका लागि उपलब्ध गराइनेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.