श्रीमानको मुख हेर्दै करबाचौथ व्रत मनाइयो

श्रीमानको मुख हेर्दै करबाचौथ व्रत मनाइयो
सुन्नुहोस्

महोत्तरी : शुक्रबार राति अटल सौभाग्यको कामना गर्दै हिन्दु महिलाहरूले करबाचौथ पर्व मनाएका छन्। दिनभरि निर्जल उपवास बसेका व्रतालुहरू रातिको समयमा चन्द्रमा उदय भएसँगै श्रीमानको मुख हेरेर व्रतको समापन गरेका हुन्।

हरेक वर्ष कार्तिक कृष्णपक्षको चतुर्थी तिथिका दिन मनाइने गरेको छ।  

यो पर्वलाई विशेष गरी सौभाग्यवती (पति जीवित भएकी सधवा) स्त्रीहरूले व्रत सम्पादन गरेर मनाउने गर्दछन्। करबाचौथको व्रत र उत्सवका क्रममा धेरै जसो महिलाहरूले आफ्नो घरपरिवारमा परम्परादेखि प्रचलित विधिविधान र प्रथालाई अनुसरण गर्ने गर्दछन्। तथापि बहुसंख्यक महिलाहरू निराहार रहेर चन्द्रोदयको प्रतीक्षा गर्दछन् र चन्द्रदर्शनपछि मात्र व्रतको समापन गर्ने गर्दछन्। 

नेपालमा मनाइने तीजको व्रत जस्तै यस व्रतको सम्पादनबाट पतिको सुस्वास्थ्य, दीर्घायु र अटल सौभाग्यको प्राप्ति हुन्छ भन्ने मान्यता रहेको पाइन्छ। १२ वा १६ वर्षसम्म प्रत्येक वर्ष लगातार लिएपछि यस व्रतको उद्यापन (उपसंहार) गर्ने नियम छ। तर कतिपय सधवा स्त्रीहरूले आजीवन यस व्रतको सम्पादन गर्ने गर्दछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.