कृषि तथा खाद्य क्वारेन्टाइनको व्यवस्था मिलाउन माग अर्थमन्त्रीलाई ज्ञापनपत्र

कृषि तथा खाद्य क्वारेन्टाइनको व्यवस्था मिलाउन माग अर्थमन्त्रीलाई ज्ञापनपत्र
सुन्नुहोस्

रौतहट  : गौर भन्सार कार्यालयमा कृषि तथा खाद्य क्वारेन्टाइनको तत्काल व्यवस्था मिलाउन माग गर्दै रौतहटका व्यापारीहरूले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। व्यापारी कौसल साहको नेतृत्वमा गएको टोलीले गौर भन्सार कार्यालयमार्फत तीन बुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो। 

२०३३ सालमा स्थापना भएको गौर भन्सार कार्यालय नेपालको पुराना भन्सारमध्ये एक भए पनि हालसम्म आधारभूत सुविधा र आवश्यक संरचनाबाट वञ्चित रहेको व्यापारीहरूको गुनासो छ।

व्यापारीहरूले विगतमा समेत विभागदेखि अर्थ मन्त्रालयसम्म पटक–पटक समस्या राख्दै आएका भए पनि सुनुवाइ नहुँदा बाध्य भएर वीरगन्ज वा मलंगवा भन्सार प्रयोग गर्नुपरेको र जसले गर्दा ढुवानी लागत अत्यधिक बढेको र त्यसले व्यवसायमा प्रत्यक्ष असर परेको बताएका छन्।

ज्ञापनपत्रमा वैशाख ७ देखि १५ गतेसम्म भन्सार कार्यालय गेटमा धर्ना प्रदर्शन गर्ने र त्यसपछि पनि माग सम्बोधन नभए वैशाख १६ गतेदेखि अनिश्चितकालीन तालाबन्दीमा जाने चेतावनी दिइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.