‘सगरमाथा संवाद’मा भारतका प्रधानमन्त्री मोदी नआउने

‘सगरमाथा संवाद’मा भारतका प्रधानमन्त्री मोदी नआउने

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ‘सगरमाथा संवाद’मा नआउने भएका छन्। थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा संवाद’मा भारतीय प्रधानमन्त्री मोदीको सहभागी नहुने जानकारी गराएका हुन्।

ओलीले ‘सगरमाथा संवाद’मा सहभागी हुन नेपालले आग्रह गरेपनि उक्त समयमा मोदीको युरोप भ्रमणको कार्यतालिका बनेकाले सहभागी हुन नसक्ने भेटमा जानकारी गराएको बताएका हुन्। उनले भारतका उच्च तहबाट कार्यक्रममा सहभागी हुने बताए।

मोदी के गर्नुहुन्छ सगरमाथा संवादमा भन्ने पत्रकारका जिज्ञासामा उनले भने, ‘सगरमाथा संवाद’मा सहभागी हुन नेपालले पुन: आग्रह गरेको थियो। तर यसपटकको सगरमाथा संवाद’मा मोदीजी आउन भ्याउनुहुन्न यसकारण कि पहिले नै युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ। त्यो कार्यक्रम सेट भइसकेको हुँदा आउन सक्ने अवस्था नभएको जानकारी गराउनुभयो। कार्यक्रममा भारतको राम्रैस्तरबाट सहभागी हुन्छ।’  

उनले भारत, श्रीलंका, म्यानमारका प्रधानमन्त्रीसँग पनि भेटवार्ता भएकोसमेत जानकारी गराए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.