सार्वजनिक भयो अन्नपूर्णको सुपर एप ‘सम्पूर्ण’

सार्वजनिक भयो अन्नपूर्णको सुपर एप ‘सम्पूर्ण’
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कको डिजिटल कोसेली ‘सम्पूर्ण’ लन्च भएको छ। सुपर एप समारोहलाई एआईले होस्ट र सार्वजनिक गरेको हो।

एप लन्च समारोहमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका संस्थापक उपकूलपति प्रा.डा.सुरेशराज शर्मा, विशेष अतिथिका रूपमा अकिनका अध्यक्ष सुरेन जे. अमरासेकेराले, प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठ, पशुपति नाथका पुजारी नारायण भट्ट लगायत सहभागी छन् ।null

के छ एपमा ?

नागरिकका लागि दिनानुदिन प्रयोगमा आउने विषयवस्तु समेटेर ‘सम्पूर्ण’ सुपर एप बनाइएको छ।
सुपर एप पनि एआई प्रविधिमा आधारित छ। यसमा ताजा समाचारमात्र होइन, सुन, चाँदीको मूल्य, विदेशी विनिमय दर, इन्धनको मूल्य र मौसमको ताजा जानकारी पनि पाउन सकिन्छ। 

null

सुपर एपमा सेयर बजारमा भइरहेका गतिविधि, जन्मकुण्डली, गुण मिलान, ग्रहगोचर, सुरक्षित कुण्डलीसहित दिन, महिना र वर्षको राशिफल हेर्न सकिन्छ। एपमा भित्तेपात्रोसँगै पञ्चांग र चाडपर्वका बारेमा पनि जानकारी पाउन सकिन्छ। पात्रोमा आफ्ना निर्धारित कार्यक्रमहरू पनि नोट गरेर राख्न सकिन्छ। 

सुपर एपमा रहेका विभिन्न फिचरहरूलाई प्रयोगकर्ताले आफू अनुकूल परिवर्तन पनि गर्न सक्नेछन्। आफूलाई मन पर्ने फिचरलाई कस्टोमाइज गर्न सकिनेछ।
 ‘अकिन’को सहकार्यमा  बनाइएको एप डिजिटल दुनियाँमा अन्नपूर्ण मिडियाले गरेको यो नेपालकै पहिलो प्रयोग हो। nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.