विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
काठमाडौं : विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार पौडेलविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोगपत्र दायर गरेको थियो। विभागले पौडेलविरूद्ध २० करोड ९० लाख बिगो मागदाबी लिएको थियो।
अदालतले तत्काल प्राप्त प्रमाणहरूबाट विष्णु पौडेलको सो कार्यमा प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन नसकेको उल्लेख गरेको छ। अभियोग दाबी गरिएबमोजिम कसूर गरेको देखिने बलियो आधार फेला नपरेको अदालतको निष्कर्ष छ।
प्रतिक्रिया दिनुहोस !