जंगलमा गाडिएको अवस्थामा महिलाको शव फेला

जंगलमा गाडिएको अवस्थामा महिलाको शव फेला
सुन्नुहोस्

रौतहट : वृन्दावन नगरपालिका–१ स्थित बलेरी जंगलमा महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ। आठ दिनदेखि बेपत्ता रहेकी ती महिलाको शव प्रहरीले फेला पारेको हो।

प्रहरीका अनुसार मृतक वृन्दावन नगरपालिका–१ निवासी फूलमतिया देवी हुन्। उनी गत चैत १४ गतेदेखि बेपत्ता थिइन्। परिवारले बेपत्ताको उजुरी दिएपछि प्रहरीले खोजी कार्य सुरु गरेको थियो। खोजीका क्रममा तालिम प्राप्त कुकुरको सहायताले प्रहरीले जंगलमा गाडिएको अवस्थामा शव फेला पारेको गरुडा प्रहरी प्रमुख डीएसपी राजन कार्कीले बताए।

घटनालाई रहस्यमय ठहर गर्दै प्रहरीले हत्या भएको आशंका गरेको छ। यस विषयमा गहिरो अनुसन्धान भइरहेको र हालसम्म दुई जनालाई पक्राउ गरिएको कार्यालयले जनाएको छ।

अनुसन्धानका क्रममा थप प्रमाण संकलन भइरहेको र हत्याको कारण पत्ता लगाउने प्रयास जारी रहेको कार्यालयका प्रवक्ता दीपककुमार रायले बताए। प्रहरीले सम्भावित अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य अघि बढाएको बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.