रौतहटमा भन्सार छली गरिएका सामान बरामद
रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले भन्सार छली गरी तस्करी गरिएका विभिन्न सामानहरू बरामद गरेको छ । चेकजाचको क्रममा गौर-४ स्थित बसपार्कबाट अवैध रूपमा भित्र्याइएका सामानहरू नियन्त्रणमा लिइएको हो ।
प्रहरी टोलीले जाँच गर्ने क्रममा भन्सार छली गरिएका किराना सामान तथा विभिन्न सामग्रीहरू फेला पारेको थियो । त्यसैगरी उक्त सामग्रीहरू ओसारपसार गर्न प्रयोग गरिएको एउटा पिकअप भ्यानसहित चालकलाई समेत नियन्त्रणमा लिइएको छ ।
पिकअप भ्यानका चालक कटहरिया-७ का निरज शाहलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । बरामद सामानको ९९ हजार ९ सय ६० र पिकअपको ७ लाख गरी ७ लाख ९९ हजार ९ सय ६० रुपैयाँ बराबरको सामाग्री भन्सार कार्यलयमा बुझाएको छ ।
प्रहरीले सीमा क्षेत्रमा हुने तस्करी तथा भन्सार छली कारोबारलाई रोकथाम गर्न कडाइ गरेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !
३