मनुसमारा खोलामा महिलाको शव फेला

मनुसमारा खोलामा महिलाको शव फेला
सुन्नुहोस्

रौतहट : रौतहटको राजदेवी नगरपालिका–६ स्थित मनुसमारा खोलाको पूर्वी किनारमा महिलाको शव फेला परेको छ। 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायका अनुसार नाम, थर र ठेगाना नखुलेको करिब ३५ वर्षीया महिलाको शव सोमबार साँझ फेला परेको हो।

मृतकको खुट्टा पानीमा डुबेको र शरीरको अन्य भाग बाहिर रहेको अवस्थामा देखिएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको  थियो। 

शवको प्रकृति हेर्दा घटनाबारे थप अनुसन्धान आवश्यक रहेको प्रहरीको भनाइ छ। महिलाको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको छ। शवको पोस्टमार्टमपछि थप विवरण खुल्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.