रौतहटमा किसानले लगाएको बाली असिना पानीले नष्ट, राहतको माग

रौतहटमा किसानले लगाएको बाली असिना पानीले नष्ट, राहतको माग
सुन्नुहोस्

रौतहट : रौतहटको उत्तरी भेगमा शुक्रबार मध्यराति आएको भीषण हावाहुरीसहितको असिना पानीले किसानहरूको बालीमा ठूलो क्षति पुर्‍याएको छ। चन्द्रपुर, फतुवा विजयपुर, गुजरा तथा वृन्दावन नगरपालिकाका विभिन्न वडामा गहुँ, मकै तथा तरकारीबाली नष्ट भएका छन्।

वृन्दावन–१ का किसान रामलोचन राउतको एक विघा १० कठ्ठा मकै पूर्ण रूपमा नष्ट भएको छ भने चन्द्रपुर–१० का किसान अवधलाल राउतले लगाएका काँक्रो, साग, करेला, प्याज, खुर्सानी तथा डेढ विघाको मकैबाली नष्ट भएको छ। वृन्दावन जल उपभोक्ता समितिका सचिव सुरेन्द्रप्रसाद पटेलका अनुसार बलेरी क्षेत्रका ५ सय विघा मकै असिनाले नष्ट गरेको छ।

कृषि ज्ञान केन्द्रले क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ। यसैबीच रौतहट क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले किसानहरूको दुःखद अवस्था र आर्थिक संकटलाई मध्यनजर गर्दै सरकारसँग राहत र क्षतिपूर्ति उपलब्ध गराउनका लागि जोडदार माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.