रौतहटमा एसइई परीक्षामा मोबाइल र स्मार्टवाच बरामद, २ गार्ड निलम्बित
रौतहट : माध्यमिक शिक्षा परीक्षाको दोस्रो दिन पनि रौतहटमा एसइई परीक्षामा मोबाइल र स्मार्टवाच बरामद गरिएको छ। दुई जना गार्डलाई निलम्बित गरिएको छ।
रौतहटका विभिन्न परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरूले मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक उपकरण प्रयोग गरेर चिट चोर्न खोजेको पाइएपछि कारबाही गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चेकजाँचका क्रममा ३४० वटा मोबाइल र २ वटा स्मार्ट वाच बरामद गरिएको छ। परीक्षाको मर्यादा कायम राख्न ती उपकरणहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। त्यसैगरी परीक्षार्थीलाई सहयोग गर्ने अभियोगमा २ जना परीक्षा केन्द्रका गार्डलाई निलम्बन गरिएको छ।
परीक्षाको मर्यादा भंग गरेकोले परीक्षा अवधीभरका लागि उनीहरूलाई निलम्बित गरिएको हो। प्रहरीले यस्ता कार्य गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
प्रतिक्रिया दिनुहोस !
३