सामान्य अंकले घटेर बन्द भयो सेयर बजार , ४ अर्ब १३ करोडको कारोबार

सामान्य अंकले घटेर बन्द भयो सेयर बजार , ४ अर्ब १३ करोडको कारोबार
सुन्नुहोस्

काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ७.३१ अंकले घटेर १९९८.९६ विन्दुमा कायम भएको छ।

सेन्सेटिभ इण्डेक्स  ०.४१ प्रतिशतले घटेर ३५६.०५ विन्दुमा अडिएको छ। अघिल्लो कारोबार दिन बुधबार २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा पुगेको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। आज ३०८ स्क्रिप्सको ९४ लाख ९८ हजार २९८ कित्ता सेयर ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार ७२६ रुपैयाँमा खरिदबिक्री भए।

नेप्से सामान्य अंकले घटेपनि तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। समता घरेलु लघुवित्त वित्तीय संस्था,इनफिनिटी लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीयको सेयर १० प्रतिशतले बढेको हो।

यसदिन पिपुल्स पावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर ८.२१ प्रतिशतले घटेको हो। कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २८ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।

यसैगरी पोखरा फाइनान्सको २१  करोड,गोर्खाज फाइनान्सको १५ करोड,साइन रेसुंगा डेभलपमेन्ट बैंकको १३ करोड र नेपाल फाइनान्सको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

दुई समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.