छानबिन समितिको माग यथावत्

संसद्‍को गतिरोध अन्त्य गर्न कांग्रेस लचक : गृहमन्त्री लामिछानेलाई रोष्टममा बोल्न दिने

गृहमन्त्री बोलेपछि चित्त नबुझे कांग्रेसले प्रतिवाद गर्ने

संसद्‍को गतिरोध अन्त्य गर्न कांग्रेस लचक : गृहमन्त्री लामिछानेलाई रोष्टममा बोल्न दिने
फाइल तस्बिर।

काठमाडौं : प्रतिनिधि सभाको बैठक सरेपछि नेपाली कांग्रेसका सांसदबीच छलफल जारी रहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडान राखेको छ। 

 
कांग्रेसले निरन्तर अवरोध गरेपश्चात संसदमा सहकारीको रकम हिनामिनाबारे आफूमाथि लागेको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन पाएका छैनन्। कांग्रेसले संसद् अवरोध गरे एमाले प्रतिवाद गर्ने बुधबार संसदीय दलको बैठकमा केपी शर्मा ओलीले जानकारी गराएका थिए। बिहीबारको बैठकमा गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्ने र लामिछानेलाई संसदमा बोल्न नदिए एमाले बोल्ने चेतावनी दिएपछि कांग्रेसले लामिछानेलाई बोल्न दिन लचिलो बनेको छ।

संसदको गतिरोध र संसदीय समिति गठनको विषयमा आज बिहानपनि सत्तारुढ दल र प्रतिपक्ष कांग्रेसको प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल गरेका छन्। प्रधानमन्त्रीले गृहमन्त्रीलाई संसद्‍मा बोल्न दिएर समिति बनाउन आग्रह गरेपछि सभापति शेरबहादुर देउवा पनि लचिलो बनेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। ‘कांग्रेसका सांसदहरुको बैठकमा चलिरहेको छ, म पनि जाँदै छु। प्रधानमन्त्री प्रचण्डजीले गृहमन्त्रीलाई संसद्‍मा बोल्न दिएर समिति बनाऊँ भन्नुभएको छ।’ लेखकले भने,  ‘सभापति शेरबहादुर देउवा पनि यसमा सकारात्मक हुनुहुन्छ। अरू साथीहरूको राय लिन बैठक बस्दैछौँ।’

लामिछाने बोलेपछि कांग्रेसले पनि बोल्न पाउनुपर्ने उनीहरुको माग छ। प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.