बझाङमा ४३ प्रतिशत मत खस्यो, हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी गरिने

बझाङमा ४३ प्रतिशत मत खस्यो, हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी गरिने
सुन्नुहोस्

बझाङ : बझाङमा ४३ प्रतिशत मत खसेको छ।  बझाङ प्रदेशसभा निर्वाचन  (१) मा भइरहेको मतदानमा दिउँसो ३ बजेसम्म ४३ प्रतिशत अर्थात् जम्मा २६ हजार १९६ मत खसेको हो। 

प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि शान्तिपूर्णरूपमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए। शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ। यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ।  

मतदान सकिएपछि आजै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्थात् जिल्ला अदालतमा ल्याइने मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए। उनका अनुसार आज सडकको पहुँच भएका ठाउँबाट सुरक्षाकर्मीसहित मतपेटिका सदरमुकाम ल्याइनेछ भने सबैभन्दा विकट मानिएको साइपाल गाउँपालिकाको मतपेटिका भोलीसम्म हेलिकोप्टरमार्फत ढुवानी गरिने छ। आज बझाङमा मौसम प्रतिकूल भएकाले हेलिकोप्टर मौसमको अवस्था हेरेर उड्ने र दुईवटा वडाको ल्याइने पनि मुख्य निर्वाचन अधिकृत लामिछानेको भनाइ छ। 

भोलिसम्म सबै ठाउँका मतपेटिका ढुवानी सकिएपछि सर्वदलीय बैठक बसी मतगणना गरिने उनले जनाए। बझाङका ७ पालिका साइपाल, तल्कोट, मष्टा, सुर्मा, खप्तडछान्ना, छबिसपाथिभेरा गाउँपालिका र जयपृथ्वी नगरपालिकासहित थलारा गाउँपालिको ९ नम्बर वडामा आज मतदान भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.