उपेन्द्र यादवको राजनीति : मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या छ...

उपेन्द्र यादवको राजनीति : मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या छ...
तस्बिर : राजकरण महतो

काठमाडौं :  

 आँखा छोपी नरोऊ भनि भन्नु पर्या छ,
मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या छ...

कालीप्रसाद रिजालको शब्द र  स्वर सम्राट नारायण गोपालको यो गीत अहिले उपेन्द्र यादवको राजनीति जीवनसँग ठयाक्कै मेला खाएको जस्तो छ । यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल आइतबार फुट्यो ।

यादवबाट छुटिएर वरिष्ठ नेता अशोक राईको समूह जनता समाजवादी पार्टी गठन गरे । पार्टी फुट्दा अध्यक्ष यादव अमेरिकामा थिए । बुधबार पार्टी मुख्यालय बालकुमारीमा आफ्नो धारणा राख्न यादवले पत्रकार सम्मेलन गरेका थिए । जहाँ उनी पार्टी फुटको पीडाबाट पिरोलिए । त कुनै बेला पीडा भुल्न मुस्कुराए । नारायण गोपालले गाएको गीत जस्तै : मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या छ...

झन्डै दुई दशको पार्टी नेतृत्वको जीवनमा उपेन्द्र यादवले धेरैपटक आरोह खेपे। अवरोधको सामना गरे।
अवसरमा पार्टीहरु जुट्यो,— बलियो । 
सत्ता स्वार्थले फुट्यो,—कमजोर । 

२०७९ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग उपेन्द्र यादव चुनाव हारे। २०८० को उपनिर्वाचनमा फेरि यादव बाराबाट लडेर जिते। अहिले प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री छन्। उनी सरकारमा बस्ने वा बाहिरिने दोधारमा छन्। 

null

‘हाम्रो कारण सरकारमा अस्थिरता आउँदैन। हाम्रो समर्थन प्रचण्डजी नेतृत्वको सरकारलाई छ,’ अध्यक्ष यादवले भने, ‘मलाई प्रधानमन्त्रीले बर्खास्त गर्नु होला। त्यो उहाँको कुरो हो।’ पटक–पटक पार्टी फुटको पीडाबाट बुधबार अध्यक्ष यादव आजित देखिन्थें। विगतको राजनीतिक जीवन प्रति यादव घरघरी उत्साहित पनि देखिए। ‘जसले आफूलाई बर्खास्त गर्छन्, त्यसैले राजनीतिक अस्थिरताको जिम्मा लिनु पर्छ,’ प्रधानमन्त्री प्रचण्डलाई कडा चेतावनी दिँदैँ उनले थपें, ‘अस्थिरता  हाम्रो कारणले आउँदैन। अरू स्टेक होल्डरले नै सरकारको भविष्य तय गर्ने हो। बाँकी को कसरी जान्छ ? त्यो समयमले निर्धारण गर्छ।’ 

यादवको निष्कर्ष : पैसाको चलखेलले पार्टीभित्र दुर्घटना 

जनता समाजवादी पार्टी नेपाललाई फुटाउन ठूलो चलखेल भएको यादवको तर्क छ। त्यो चलखेल विरुद्ध लड्ने उनले उद्घोष गरे। ‘पैसाको चलखेल गरेर हाम्रो पार्टी फुटाइयो। जीवनमा सरेन्डर गर्न जानेकै छैन। जुन बेलादेखि हुर्के जेलनेल, हतकडी,  स्ट्रगल गरेरै आएको हो’, उनले भने, ‘षड्यन्त्र भनेको जानै कै छैन।’ 

‘सरकार ढल्दै छ। फलानो फलानो मन्त्री बन्दै छ। जसपा नेपाल, एकीकृत समाजवादीले कांग्रेस सँग मिलेर नयाँ सरकार बनाउँदैछ भन्ने हल्ला चलाइयो। जुन निराधार र कपोेकल्पित हो’, अध्यक्ष यादवको तर्क छ, ‘देश बाहिर हुँदाको मौका छोपेर हल्ला चलाएर जसपा नेपाल पार्टी फुट्यो भनियो। त्यस्तो हामीले कुनै प्रयास गरेका थिएनौं। आवश्यकता पनि थिएन।’

२०६३ को मधेस जनविद्रोबाट स्थापित नेता हुन् उपेन्द्र यादव।  तर, उनी एकाएक संसदीय राजनीतिमा अहिले कमजोर भएका छन्। यादव नेतृत्वको जनता समाजवादी पार्टी वैशाख २३ गते फुट्यो। पार्टीका वरिष्ठ नेता अशोक राईले पार्टीका १२ सांसद्मध्ये ७  जना लिएर हिँडे। जनता समाजवादी पार्टी दर्ता गराए। जेठ २८ गते जसपा नेपालको राष्ट्रिय महाधिवेशन हुनै लाग्दा पार्टी फुटेर उपेन्द्र यादवलाई पर्नु पीर गरेको छ। असंवैधानिक रूपमा निर्वाचन आयोगले पार्टी दर्ता गरेको उनको ठहर छ। उनले भने, ‘त्यसविरुद्ध हामी अदालतमा जान्छौं।’

मन्त्रीहरूले नै किन पार्टी फुटाए ?

अत्यधिक महत्वकांक्षी र व्यक्तिगत स्वार्थबाट प्रेरित नेता र सांसदहरूले पार्टी फुटेको हल्ला चलाएर मौकाको फाइदा उठाएको उनको दाबी छ। ‘५–७ जना सांसद्लाई मन्त्री बनाइदिने। अनेक प्रलोभन,  खर्चबर्च निकै गरेर भेला पारी पार्टी फुट्यो भनेर प्रचार गरिएको छ,’ अध्यक्ष यादवले भने, ‘त्यसले जनाधार पाउँदैन। पार्टीको समर्थन, नेता तथा कार्यकर्ता त्यो भ्रममा पर्दैन।’ उनका अनुसार पार्टी फोडेर मन्त्रालयको बार्गेनी गर्ने, चलखेल गर्ने र शक्ति आर्जन गर्नका लागि नयाँ पार्टी गठन गरिएको हो। 

नितान्त व्यक्तिगत स्वार्थमा लोकतन्त्र, पहिचानका आन्दोलन र मधेसका मुद्दालाई धरापमा पर्ने काम भएको उनले बताए, ‘संघीयतालाई धरापमा पर्ने गरि पार्टी विभाजन गरेको हो। बहुमत हाम्रै तिर छ। अर्को पार्टी बन्छ त्यो।’

पार्टी फुटाउन ठूला दलको हात कति ?

ठूला पार्टीहरूले नै आफ्नो पार्टी फुटाएको अध्यक्ष यादवको निष्कर्ष छ। विगतमा पनि त्यसै भयो। अहिले त्यो घटनाक्रम दोहोरिएको उनको भनाइ थियो। ‘ठूला पार्टी भ्रमबाट मुक्त भए हुन्छ। सीसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्नुहुँदैन।,’ एमाले र माओवादीलाई लक्षित गर्दै यादवले भने, ‘त्यो ढुंगा फर्केर कहिले कहीँँ आफ्नै घर चकनाचुर हुन्छ। सुनियोजित रूपमा पार्टी फुटाइयो। त्यही मलाई लगेको छ।’ त्यसले देश र जनतालाई नोक्सान पुर्या‍‍‍उने भन्दै उनले थपे, ‘फाइदा कसैलाई पुर्या‍उँदैन।’ 

उपेन्द्रको अबको बाटो ?

पार्टी फुटाएर गएका नेताहरुलाई पुरानै घरमा फर्किन अध्यक्ष यादवले आग्रह गरे। ‘उठाउनुभएको कदमबाट ब्याक हुनुस्। पार्टीमा फर्किनुस् ’, उनले भने, ‘पार्टीमा समस्या छ भने बसेर हल गरौं। त्यसका लागि हामी ओपेन्छ। ’ यादवले पार्टीमा एकल नेतृत्व गरेको आरोप लगाउँदै नयाँ पार्टी गठन गर्नु गरेको राई समुहको दावी छ।null

जसपाका अध्यक्ष उपेन्द्र यादव सरकारमै रहने दाउमा छन्। आफैँ सरकार नछाड्ने , बरु निकालिदिए सहने मुडमा छन्। संगै उठाएका राजनीति एजेन्डाबाट पछि नहट्ने उनले बताएका छन्।

समावेशी लोकतनत्रको, सुशासन, विकास, समृद्धि र परिवर्तनका मुद्दालाई निस्तेज र समाप्त पार्न राजनीतिक रुपमा पार्टीमाथि प्रहार गरेको अध्यक्ष यादवको कथन छ। ‘दरो गरि संघीयता, गणतन्त्रका मुद्दा उठाएका छौं। विगतमा लडेका छौं। पहिचान, समावेशीताका आन्दोलनलाई अझै बलियो बनाएर लिएर जान्छौं’, उनले भने, ‘हाम्रो पार्टी हामीले उठाएको मुद्दाका लागि अन्तिम दम सम्म लडेको लडै रहन्छ। कहिले पछाडि हट्दैन। हर परिस्थितिको सामना गर्न तयार छौं। ’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.