'सबै पार्टी मिलेमात्रै यादवजी चुनाव जित्ने अवस्था आइसक्यो'

पार्टी कब्जा गर्ने मनस्थिति बनाएपछि उपेन्द्रजीलाई श्रीपेच लगाइदिन तयार भएनौं : अशोक राई


काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले उपेन्द्र यादवले पार्टी कब्जा गर्न खोजेपछि पार्टी विभाजन गरेको बताएका छन्। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर अध्यक्ष राईले उपेन्द्र यादवले विधान विपरीत महाधिवेशन गर्न खोजेको आरोप लगाए।

'एकताको महाधिवेशन बनाउनुपर्नेमा, नेता-कार्यकर्ताको भावनाअनुरुप महाधिवेशन गर्नुपर्नेमा, विधानसम्मत महाधिवेशन गर्नुपर्नेमा उपेन्द्रजीले पार्टी कब्जा गर्न खोज्नुभयो। अनियमित ढंगले महाधिवेशन गर्न खोज्नुभयो। पार्टी नै कब्जा गर्ने मनस्थिति बनाएपछि उहाँलाई श्रीपेच लगाइदिन नेता-कार्यकर्ता तयार भएनन्,' अध्यक्ष राईले भने।

उनका अनुसार यादवले अनियमितता हुने किसिमले महाधिवेशनको तयारी गरेका थिए। 'सदस्यताको प्रमाणित गर्न नपाइने। हजारौं मान्छेलाई बिना आधार सदस्यता बाँड्ने काम भयो। जुन सदस्यताको न मिति छ, न विधानअनुसार केही भएको छ। महाधिवेशन प्रतिनिधि छान्ने कुरामा पनि उपेन्द्रजीको आपत्ति रह्यो,' उनले भने, 'कमिटीगत र पार्टी सदस्यताको हिसाबले प्रतिनिधि बनाउने व्यवस्था विधानमा छ। त्यसमा क्षेत्रीयता र समावेशितालाई आधार मान्ने भनिएको छ। तर, उपेन्द्रजी अनियमित ढंगले प्रतिनिधि छान्नेतिर लाग्नुभयो। अरुलाई अल्पमतमा पारेर अगाडि बढ्नेतिर लाग्नुभयो। जसको परिणाम पार्टी विभाजनमा पुर्‍यायो,' उनले भने।

स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले अमेरिका उड्नुअघि आफूअनुकुल परिपत्र जारी गरेको उनको आरोप छ। 'अमेरिकी उड्नुअघि बसेको बैठकमा १८ जना कार्यकारिणी सदस्यमा जम्मा ८ जना बैठकमा सहभागी हुनुभयो। अनि ८ जना बसेको बैठकले आफू अनुकुल हुनेगरी परिपत्र जारी गरेपछि पार्टीमा तरंग पैदा गर्‍यो। विस्फोटक अवस्था उहाँले नै निम्त्याउनुभएको हो,' उनले भने।

उनले यादव नेतृत्वका कारण मधेस प्रदेशको मतसमेत घट्दो अवस्थामा रहेको बताए। त्यतिमात्र होइन, यादवलाई जिताउन सबै दल लाग्नुपर्ने अवस्था आएको उनको भनाइ छ। 'जसपा नेपालमा जसरी नेतृत्व प्रदान गरियो। त्यसले उन्नति गर्न सकेन। मधेस प्रदेशमा मत घट्दै गएको स्थिति छ। प्रमुख नेताले चुनाव जित्नका लागि चार पाँच दलको साझा उम्मेदवार बनाउने अवस्था आएको छ। यो घट्दो शाखलाई जोगाउनका लागि हामी आएका हौं। हामी यो पार्टीलाई पारदर्शी बनाएर अगाडि लैजान्छौं,' उनले भने।

उनले अदालत जाने सबैको अधिकार रहेको बताए। अदालत जाने यादवको धम्कीबारे अध्यक्ष राईले थपे, 'अदालतको ढोका सबैका लागि खुला छ। गैरसंवैधानिक भए निर्वाचन आयोगजस्तो संवैधानिक आयोगले दर्ता नै गर्दैनथ्यो होला नि। उहाँहरूलाई त्यस्तो लाग्छ भने जान सक्नुहुन्छ।' उनले उपेन्द्र यादव सरकारमा रहने नरहने उनीहरूको कुरा रहेको भन्दै आफूहरू सरकारमै रहने र देशलाई अस्थिरताको कारण बन्न नदिने घोषणा गरे। 

उनले जसपालाई राष्ट्रिय स्तरमै अगाडि बढाउने बताए। 'तराई, पहाड, हिमाल र विभिन्न जातजातिको सम्मान गर्दै पार्टी विस्तार गर्छौं। हामीसँग पहिचानसँग सम्बन्धित पार्टीहरूले पनि एकताका लागि प्रस्ताव गरिरहनुभएको छ। हामीले विधि नीति मिल्नेहरूसँग एकता पनि गर्दै जानेछौं,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.