सूर्यदर्शन सहकारीको प्रतिवेदन प्रहरीलाई

सूर्यदर्शन सहकारीको प्रतिवेदन प्रहरीलाई
सुन्नुहोस्

पोखरा : पोखरा महानगरपालिकाले समस्याग्रस्त सहकारी सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदन नेपाल प्रहरीलाई बुझाएको छ। 

प्रतिवेदन मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्मालाई बिहीबार हस्तान्तरण गरेका हुन्।  

प्रतिवेदनमा सहकारीको वित्तीय अवस्थाको विस्तृत अध्ययन तथा विश्लेषण गरिएको छ। विशेषज्ञका रूपमा नियुक्त एफसिए अनिल लामिछाने, सहकारी विज्ञ दीपक प्रकाश आचार्य, पोखरा महानगरपालिका सहकारी शाखा, महानगर सहकारी व्यवस्थापन समिति लगायतले प्रतिवेदन तयार गरेका हुन्। प्रतिवेदन ३४१९ पृष्ठ लामो छ।

 
सूर्यदर्शन सहकारीकै विषयमा यसअघि वित्तीय प्रतिवेदन तयार थियो। यसपालि विस्तृत प्रतिवेदन आएको हो। अहिले गृहमन्त्री बनेका तत्कालीन सञ्चारकर्मी रवि लामिछानेसँग मिलेर ग्यालेक्सी टिभी चलाएका जिबी राईले सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोप छ। त्यस विषयमा विस्तुत अध्ययनका लागि दोस्रोपटक अध्ययन समिति बनेको थियो। १९ हजारभन्दा बढी बचतकर्ताको अर्बभन्दा बढी बचत यो सहकारीले अपचलन गरेको आरोप छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.