नेपालको पहिलो विकेट पतन, अनिल साह ५ रन बनाएर आउट
काठमाडौं : नेपालको पहिलो विकेट पतन भएको छ। ओपनर अनिल साह ५ रन बनाएर आउट भएका छन्। ९ बल खेलेका उनको प्रदर्शन सन्तोषजनक रहेन।
वेस्ट इन्डिज एले नेपाललाई २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ। निर्धारित ओभरको खेलमा वेस्ट इन्डिज एले ५ विकेटको क्षतिमा २०४ रन बनाएको हो। वेस्ट इन्डिज एका लागि कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए।