पूर्वमन्त्री गुरुङको अन्त्येष्टि गरियो

पूर्वमन्त्री गुरुङको अन्त्येष्टि गरियो
सुन्नुहोस्

काठमाडौं : उपचारका क्रममा मंगलबार निधन भएका कांग्रेसका नेता तथा पूर्वमन्त्री सुर्यमान गुरुङको अन्त्येष्टि गरिएको छ । बिहीबार पशुपति आर्यघाटमा गुरुङको अन्त्येष्टि गरिएको हो । त्यसअघि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशुपति आर्यघाट पुगेर गुरुङप्रति श्रद्धान्जली अर्पण गरेका थिए। 

त्यसअघि विभिन्न दलका नेता, सांसद, शुभेच्छुकलगायत आर्यघाट पुगेर गुरुङप्रति श्रद्धान्जली अर्पण गरेका थिए । काठमाडौंको हिमाल अस्पतालमा मंगलबार ८४ वर्षको उमेरमा उनको उपचारका क्रममा निधन भएको थियो । विसं २०७० सालमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका गुरुङ विसं २०७३ मा श्रम तथा रोजगारमन्त्री समेत बनेका थिए।

यसैबीच नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व मन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहीबार बसेको आकस्मीक केन्द्रीय कार्य समिति बैठकले गुरुङको निधनले नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको भन्दै शोक प्रस्ताव पारित गरेको हो । 

बैठकले बैशाख २७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । त्यस्तै बैशाख २८ गते शुक्रबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने  निर्णय समेत गरेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.