सरकारले पूर्वाधारमा लगानी गर्नुपर्छ

सरकारले पूर्वाधारमा लगानी गर्नुपर्छ
सुन्नुहोस्

फुटबल खेल गाउँ सहर मात्र नभई विश्वभरि नै लोकप्रिय छ। डेढ दशकअघिसम्म पूर्वीक्षेत्रमा सीमित संख्यामा फुटबल प्रतियोगिता सञ्चालन हुन्थे। तर, आजको दिनसम्म आइपुग्दा सानादेखि ठूला स्तरका सयौं संख्यामा फुटबल प्रतियोगिताहरू सञ्चालन हुँदै आइरहेका छन्। धनकुटामा अहिले सञ्चालन हुँदै आइरहेको सहिद भीमनारायण गोल्डकपको यो १६औं संस्करण हो। १६औं संस्करणसम्म आइपुग्दा गोल्डकपले राष्ट्रिय स्तरका नाम चलेका धेरै खेलाडी उत्पादन गरिसकेको छ। 

नेपालका नम्बर वान गोलकिपर, राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ भीमनारायण गोल्डकपकै उत्पादन होभन्दा फरक पर्दैन। त्यस्तै राष्ट्रिय टोलीबाट खेलिसकेका सुजल  श्रेष्ठ, ‘ए’ डिभिजन लिगमा विभिन्न क्लबबाट खेलिसकेका बुद्ध चेम्जोङ, राजु नगरकोटी, अहिले नेपाल पुलिस क्लबबाट खेल्ने कप्तानसमेत रहेका राम बाजीलगायत सयौं खेलाडीहरू छन्। जसले धनकुटाबाट राष्ट्रियस्तरसम्म प्रतिनिधित्व गरेका छन्। 

स्थानीयदेखि राष्ट्रिय स्तरमा हुने फुटबल प्रतियोगिताले बालबालिकालाई खेलकुदप्रति लगाव राख्न प्रोत्साहित गर्छ। नाम चलेका खेलाडीहरूले आँखैअगाडि खेल कौशल देखाउँदा उनीहरूलाई खेल क्षेत्रमा आकर्षित गराउँछ। पछिल्लो समय धेरै प्रतियोगिता सञ्चालन भइरहे पनि पूर्वाधारको विकास हुन सकेको छैन। खेलमैदान स्तर मापदण्डअनुसार छैन। बर्सेनि सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन भइरहे पनि खेल मैदानको स्तरोन्नति राम्रोसँग हुन सकेको छैन। 

सरकारले पर्याप्त लगानी गर्न नसक्दा खेलमैदानको स्तरोन्नति हुन नसकेको हो। अब सरकार र फुटबलसँग सम्बन्धी निकायले खेलमैदानको स्तरोन्नत्ति गर्नतर्फ ध्यान दिनु आवश्यक देखिन्छ। पछिल्लो समय आयोजना हुँदै आइरहेको विभिन्न फुटबल प्रतियोगिताहरू व्यक्तिगत रूपमा आर्थिक सहयोग संकलनको भरमा हुँदै आइरहेको छ। व्यक्तिगत रूपमा प्रयास भइरहे पनि सरकारी निकायबाट हुन सकेको छैन। त्यसैले सरकारले पूर्वाधारमा लगानी गर्नु अति आवश्यक छ।   

(प्रधान, सहिद भीमनारायण गोल्डकप प्रतियोगिताका संयोजक हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.