युएईमा श्रीमानले श्रीमतीलाई घरबाट धकेलेर गरे हत्या

युएईमा श्रीमानले श्रीमतीलाई घरबाट धकेलेर गरे हत्या
सुन्नुहोस्

साउदी : वैदेशिक रोजगारीका क्रममा युएई पुगेकी अर्घाखाँचीकी राधा न्यौपानेको मृत्यु भएको छ। 

एनआरएनका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार घरायसी कुरामा विवाद भएपछि उनका श्रीमान् नेत्र न्यौपानेले घरको माथिल्लो तलाबाट धकेलेका थिए। धकेलेपछि तल खसेकी राधाको शव क्षतविक्षत अवस्थामा फेला परेको  थियो। 

राधाको मृत्युपछि नेत्र फरार भएका छन्। घटना आइतबारको हो। त्यो दिन दुवै जनाले मदिरा सेवन गरेका थिए। घटना भएको दिन राधाको भाइ पनि सहभागी भएका एनआरएनका उपाध्यक्ष ठकुरीले बताए। 

राधा केही सयमदेखि युएईमा ब्युटिपार्लरको काम गदै आएकी थिइन् भने उनका श्रीमान् एजेन्टको काम गर्दै आएका थिए। उनीहरू दुवै जनाको युएईमा रेसिडेन्ट कार्ड रहेको थियो। 

घटनाका विषयमा यहाँको स्थानीय प्रशासनले अनुसन्धान गरिरहेको छ। फरार रहेका नेत्रको स्थानीय प्रशासनले खोजी गरिरहेको छ। राधा उनकी दोस्रो श्रीमती हुन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.