वीरगन्जमा मध्यरातमा गोली चल्यो, प्रहरीको मोस्ट वान्टेडमा रहेका भारतीय अभियुक्त पक्राउ

वीरगन्जमा मध्यरातमा गोली चल्यो, प्रहरीको मोस्ट वान्टेडमा रहेका भारतीय अभियुक्त पक्राउ
सुन्नुहोस्

वीरगन्ज: वीरगन्जमा भारतका एक फरार अभियुक्तलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय बब्लु पासवान भन्ने गणेश पासवान रहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । 

उनी २०७९ असोज ३ गते  काठमाडौँको गोठाटारमा भएको भारतीय नागरिक लाल महम्मदको हत्याकाण्डका मुख्य योजनाकार र सुटर रहेको प्रहरीले जनाएको छ। उक्त हत्याकाण्डपछि फरार रहेका उनी प्रहरीको मोस्ट वान्टेडको सूचीमा थिए। 

प्रहरी नायब उपरीक्षक थापाका अनुसार,विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट आइतबार राति ११ बजेतितर वीरगन्ज-१६ भुटनदेवी मन्दिर क्षेत्रमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा पासवान भाग्न खोज्दा प्रहरीले दुई राउन्ड गोली चलाएको थियो। त्यसमध्ये एक राउन्ड गोली पासवानको खुट्टामा लागेर घाइते भएर लडेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थापाले बताए।

पासवान लागू औषधको कारोबारीसमेत रहेको थापाले बताए। घाइते पासवानलाई नियन्त्रणमा लिएर नारायणी अस्पतालमा उपचार गराई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थापाले जानकारी दिए।

पासवानको साथबाट एक थान पेस्तोल र केहि राउन्ड गोलीका साथै  केहि परिमाणमा लागू औषधपनि बरामद भएको थापाले बताए। यसबारेमा थप अनुसन्धान गरी मंगलबार बिहान प्रहरीले विस्तृत जानकारी गराउने थापाले बताए।

२०७९ असोज ३ मा गोठाटारमा लाल महम्मदको गोली हानी हत्या  भएपछि त्यसमा संलग्न पर्साका महोरम मियाँ, पर्साकै रेहान मियाँ र मकवानपुरकी सुमी भन्ने सुस्मिता स्याङताङलाई प्रहरी २०७९ असोज १४ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो। तर हत्याकाण्डका मुख्य योजनाकार र सुटर भनिएका पासवान भने फरार रहदै आएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.