गएको ५ वर्षमा यूएईमा १,७६६ नेपालीको मृत्यु

गएको ५ वर्षमा यूएईमा १,७६६ नेपालीको मृत्यु
सुन्नुहोस्

दुबई : सन् २०२३ मा युनाइटेड अरब इमिरेट्स (यूएई) मा १ सय ६५ जना नेपालीको मृत्यु भएको छ। तीमध्ये बिरामी वा हृदयघात (प्राकृतिक) भई मृत्यु हुने ९२ जना र आत्महत्या गर्नेको संख्या ४२ जना रहेको छ। २७ जनाको दुर्घटनामा मृत्यु भएको थियो। 

त्यसैगरी यो वर्ष ४ जनाको हत्या भएको छ। सन् २०२२ को यही अवधिमा १ सय ८५ नेपालीको मृत्यु भएको थियो। त्यसैगरी सन् २०२१ मा १३६ जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा कति महिला र कति पुरुष खुलेको छैन। गत ५ वर्षको अवधिमा १७ सय ६६ नेपालीको मृत्यु भएको छ। जसमध्ये सन् २०२० र २०२१ मा गरेर ५० जना नेपालीको मृत्यु कोभिडको कारण भएको थियो।

त्यसैगरी यूएईको जेलमा रहने नेपालीहरूको संख्या १ सय ७६ रहेको छ। दूतावास स्रोतका अनुसार अधिकांश नेपालीहरू लागुऔषध र मदिरासम्बन्धी अभियोगमा यूएईको जेलमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.