सुहाङ नेम्वाङले फेरि बढाए मतान्तर, यस्तो छ पछिल्लो मत परिणाम
इलाम : इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ फेरि मतान्तर बढाएका छन्। नेम्वाङ कांग्रेस उम्मेदवार डम्बर खड्काभन्दा ५ हजार ३०२ मतले अघि छन्। यसअघि उनीहरूबीच करिब ५ हजारको मतान्तर रहेको थियो।
पछिल्लो मत परिणामअनुसार सुहाङले १४ हजार ६१३ मत ल्याएका छन् भने डम्बरले ९ हजार ३११ मत ल्याएका छन्।
त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बुले ८ हजार ५७० मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २ हजार ५७ मत ल्याएका छन्।