इलाम-२ मा एकीकृत समाजवादीलाई धक्का, जितबहादुर भन्छन्- हाम्रो मत बिक्री भयो

इलाम-२ मा एकीकृत समाजवादीलाई धक्का, जितबहादुर भन्छन्- हाम्रो मत बिक्री भयो

इलाम : गत संघीय निर्वाचनको समानुपातिकमा ५८६ मत ल्याएको नेकपा एकीकृत समाजवादीले यसपटक आधा मत गणना सम्पन्न हुँदा इलाम निर्वाचन क्षेत्र-२ बाट २८१ मत प्राप्त गरेको छ। 

यसपटक ६ हजार मत कटाउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका नेकपा एसका उम्मेदवार जितबहादुर राईले आफ्नो मत बिक्री भएको प्रतिक्रिया दिए। उनले भने, 'हाम्रो मत सबै किनिदिएछ।'

नेकपा एसले इलामको चुलाचुली गाउँपालिकाबाट राम्रो मत पाउने अपेक्षा राखे पनि त्यहाँ २२३ मतमात्रै एसको पक्षमा खसेको छ। फाकफोकथुम गाउँपालिकाबाट १७ मत, माङ्सेबुङ गाउँपालिकाबाट २०, माइ नगरपालिकाबाट २० र देउमाई नगरपालिकाको एक नम्बर वडाको मत गणना सकिदा १ मतमात्रै पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

वाम गठबन्धन भएको भए एमालेका वरिष्ठ नेता झलनाथ खनालले इलाम २ बाट उम्मेदवार बन्न रहर गरेका थिए। मनोनयन दर्ता गर्न उम्मेदवार राईसँगै उपस्थित भएका वरिष्ठ नेता खनालले 'नामै जितबहादुर काफी छ। परिणाम आएपछि सबै चकित खान्छन्' भनेका थिए। नेकपा एसका एक समर्थकले भने, 'परिणामले कार्यकतालई नै चकित बनाएको छ अहिले।' 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.