नेपाली दूतावास रियादद्वारा अन्तरक्रिया आयोजना

नेपाली दूतावास रियादद्वारा अन्तरक्रिया आयोजना
सुन्नुहोस्

साउदी : नेपाली दूतावास रियादले इद उल फित्र १४४५ तथा नयाँ वर्ष २०८१ को अवसर पारेर शुभकामना आदान प्रदानसहित अन्तरक्रिया कार्यक्रम गरेको छ। 

दूतावास हलमा शनिबार भएको अन्तक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री  पम्फा भुसाल तथा नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वसञ्चारमन्त्री राम कार्कीलगायत दूतावास परिवार, भ्रातृसंगठन, एनआरएन एनसीसी, सामाजिक संस्था, पत्रकार लगायतको उपस्थिति थियो।

राजदूत नवराज सुवेदीले श्रम सम्झौताका लागि दूतावासले कार्य अगाडि बढाएको  र सम्बन्धित  निकायको ध्यानाकर्षणसमेत गरेको बताए। साथै दूतावासले क्षेत्रअनुसार ३ सेल्टर राखी आवश्यकअनुसार अलपत्र परेका नेपालीको उद्धारमा सहयोग गर्दै आएको छ। 

साथै दूतावास परिसरमा नेपाली श्रमिकलाई मध्यनजर गदै सुझाव पेटिकाको सुरुवात गरेको र नेपालीले सुझाव पेटिकामा आफ्ना समस्या तथा सुझाव राख्न खुलासमेत गरिएको बताए।  दूतावासले किनेको जग्गा सम्बन्धमा विभिन्न प्रक्रिया रहेको र भवन बनाउनेबारे सरकार र सरोकारवालालाई ध्यानाकर्षण गराएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.