दुबईमा तेस्रो एनआरएनए भलिबल प्रतियोगिता, कति छ पुरस्कार ?
दुबई : दुबईमा तेस्रो एनआरएनए भलिबल प्रतियोगिताको आयोजना गरेको छ। नेपाल एसोसिएसन (एनआरएनए) यूएईले अप्रिल १४ तारिख आइतबारबाट आयोजना गरेको प्रतियोगिताको प्रथम पुरस्कार साढे ३ लाख रहेको छ।
प्रतियोगिताका दोस्रो, तेस्रो र सान्त्वना गरेर क्रमश: २ लाख, डेढ लाख र ७५ हजार पुरस्कार राशी रहेको छ।
नेपाल एसोसिएसन एनआरएनएका अध्यक्ष विकाश शाहीका अनुसार प्रतियोगितामा यूएईमा रहेका नेपालीहरुका विभिन्न १२ वटा टीमले भाग लिनेछन्। प्रतियोगिताको लागि नेपालका राष्ट्रिय र प्रदेश स्तरीय खेलाडी दुबई आइपुगेका छन्।
हरेक टीममा बढीमा दुई जना यूएई बाहिरका खेलाडीहरुलाई सहभागी गराउन पाउने खेलको नियम अनुसार संस्थाहरुले नेपालबाट खेलाडी ल्याएका हुन्। नेपाल एसोसियसनका अनुसार यो प्रतियोगितामा ५० लाख रुपैंयाभन्दा बढी खर्च हुने अनुमान छ।
कार्यक्रममा भाग लिनको लागि नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र उपाध्यक्ष युवराज श्रेष्ठसमेत दुबई आइपुगेका छन्।