मनिष झाको प्रश्न : मिटरब्याज पीडितका मुद्दालाई सम्बोधन नगरेर के अर्को आन्दोलन कुरेको हो ?

मनिष झाको प्रश्न : मिटरब्याज पीडितका मुद्दालाई सम्बोधन नगरेर के अर्को आन्दोलन कुरेको हो ?
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद  मनिष झाले मिटरब्याज पीडितहरूको समस्या समाधानमा सरकारले गम्भीररुपमा नलिएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद झाले २५ दिन पैदलयात्रापछि काठमाडौं पुगेका  मिटर ब्याजी पीडितहरूको प्रसंग निकाल्दै  समस्या समाधानमा सरकारले खासै चासो नदिएको बताएका हुन्।

मिटर ब्याज पीडितहरूको समस्या समाधान नगरेर सरकारले अर्को आन्दोलन कुरिरहेको टिप्पणी गरे। उनले भने,' मिटरब्याज पीडितहरूका बारेमा सरकारको आवश्यकताअनुसार ध्यानाकर्षण नभएको हामीले महशुस गरेका छौं। कि अझै एउटा आन्दोलन कुरिरहनु भएको हो । जहाँ मन्त्रीको कारणले केही युवाहरूले ज्यान गुमाउन् । त्यसका लागि छानबिन समिति बनाइयोस् र छानबिनले समितिबा आफूअनुकूलको  रिपोर्ट आउनेछन्। जेसुकै रिपोर्ट आए पनि केही फरक पर्ने छैन। कि समय कुरेको हो। रहर त छैन होला नि। रोइकराइँ गर्न।'

उनले मिटरब्याज पीडितको विषय सरकारले प्राथमिकतामा नराखेको आरोप लगाए। उनले भने,'सरकारले मुद्दा नबुझेको होइन होला। सरकारलाई मुद्दाले नछोएको पनि होइन। तर सरकारले प्राथमिकता नराखेको हो। साहेद चुनाव नजिक नभएर होला । उहाँहरूको आवाज सरकारले नसुनेको। चुनावको समय थियो भने सरकार आफै जान्थ्यो होला पीडितको घरदैलोमा।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.